२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी ब्यवस्था विभागमा हेल्प डेस्क स्थापना

औषधी ब्यवस्था विभागमा हेल्प डेस्क स्थापना


काठमाडौं—नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा काठमाडौंको समन्वयमा औषधी ब्यवस्था विभागमा हेल्प डेक्सको स्थापना भएको छ । आइतबार शाखाले स्थापना भएको एक सय दिनको अवसरमा बनाइदिएको हेल्प डेस्कको शुभारम्भ गरिएको हो ।

देशभरका औषधी ब्यवसायीहरुलाई सेवामा सरलीकरण र सहजीकरणलार्ई प्रदान गर्ने उद्देश्यका साथ हेल्प डेस्कको स्थापना गरिएको हो । आइतबारबाट सुचारु भएको उक्त हेल्प डेस्कको उद्घाटन औषधी ब्यवस्था विभागका प्रवक्ता सन्तोष के.सी र औषधि ब्यवसायी संघ काठमाडौंका महासचिव शुभमान श्रेष्ठको संयुक्त रुपमा गरेका हुन् ।

औषधि ब्यवसायीहरुले विभागमा गर्ने गरेका विभिन्न कामहरु सहज रुपमा गर्नको निम्ति सहयोग गर्नकै निम्ति नै सहायक कक्षको स्थापना गरिएको महासचिव श्रेष्ठले बताए । उनका अनुसार, आजबाट सञ्चालनमा आएको उक्त हेल्प डेस्कले ब्यवसायीहरुलाई विभागसँग सम्बन्धित रहेका नवीकरण तथा दर्ताजस्ता कार्य प्रक्रियामा सरलीकरण प्रदान गर्नमा मद्दत पु¥याउँछ ।

‘औषधी ब्यवस्था विभागमा दिनानुदिन बढ्दै गएको चापलाई मध्यनजर गर्दै यहाँ दर्ता गर्न आउने ब्यवसायीहरुको समयको सदुपयोग गर्ने र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले सहायक कक्षको स्थापना गरिएको हो,’ उनले भने ।

यसैगरी, नेपाल औषधी ब्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्री श्रेष्ठले भने देशभरि छरिएर रहेका र विभागमा आबद्ध भएका ब्यवसायीहरुलाई कुनै पनि अप्ठ्याराहरु आइ नपरोस् र विभागबाट प्राप्त हुने सेवाहरुमा छिटो छरितो रुपमा प्रदान गर्न सकियोस् भन्नका लागि हेल्प डेस्कको उद्घाटन गरेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ