काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफूले मन्त्रालय सम्हालेको तीन हप्तामा झण्डै एक दर्जनभन्दा बढी समस्या केलाएका छन् ।
बिहिबार मन्त्रालयका पूर्व अधिकारी, विभिन्न क्षेत्रमा आवद्ध चिकित्सकहरुलाई बोलाएर आफूले केलाएका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर सल्लाह लिएका थिए ।
उनले विशेष गरी अस्पतालसँग सम्बन्धित बढी समस्या पाएको बताए । केही भने नीतिगत सुधार गर्नुपर्ने समस्या पनि उनले आफूले देखेका उल्लेख गरे ।
स्वास्थ्यमन्त्रीले देखेका १४ समस्या
१. बिरामी भैरहेका मान्छे अस्पताल पुगेपछि उपचार हुन्छ भनेर खुशी मुद्रामा जाने खालको वातावरण यो क्षेत्रमा ल्याउन सकिन्छ कि सकिदैन् ?
२. अस्पतालमा करोडौका सामााग्री किन्छौ तर किन प्रयोगमा आउँदैनन् ?
३. अस्पतालको कुरा गर्दा किन अर्बका मात्रै कुरा आउँछन् ?
४. स्वास्थ्य क्षेत्र सुधार गर्न कुन—कुन ऐन र नियमावली बाधक छन् ?
५. स्वास्थ्य मन्त्रालय र मातहतमा यदि दलीय आग्रह—पूर्वाग्रह भएको छ या होला भन्ने लाग्छ भने त्यसो हुन नदिन मेरो भूमिका हुन्छ ।
६. चिकित्सकलगायत स्वास्थ्यकर्मी अभाव हुन नदिने उपाय के हुन सक्छन् ?
७. अस्पतालहरुलाई सुधार गर्न के गर्नुपर्छ ?
८. अस्पतालमा चिकित्सक तोकिएको समयसम्म कसरी अड्याउन सकिन्छ ।
९. सरकारी अस्पतालको नाम बेचेर निजीमा जाने चिकित्सक कसरी रोक्ने ?
१०. सरकारी अस्पताललाई कसरी जनताको आस्थाको केन्द्र बनाउन सकिन्छ ?
११. स्वास्थ्य मन्त्रालयका कर्मचारीको तथ्यांक कसरी अपडेट गर्न सकिन्छ ?
१२. स्वास्थ्य क्षेत्रलाई कसरी जनताको विश्वसनीय बनाउन सकिन्छ ?
१३. निजी अस्पतालले कानुनमा भएको १० प्रतिशत असहायलाई निःशुल्क उपचार किन गर्दैन ?
१४ सरकारले कर छुट दिएर भित्र्याइएका उपकरणमा किन बढी पैसा लिइरहेका छन् ?
विज्ञको सुझाव
भएको संस्थालाई दह्रो बनाउन लागौं, नयाँ खोल्ने कुरा नगरौ
डा विमल थापा, पूर्व निर्देशक सिभिल सर्भिस अस्पताल
- पोस्ट ग्राजुएशन सरकारीमा र प्राइभेट दुवैमा फ्री हुनुपर्छ ।
- भएको दक्ष जनशक्तिलाई अनिवार्य रुपमा सरकारले खटाइएको ठाउँमा कम्तिमा पनि १ वर्ष काम गर्नैपर्ने नियम बनाउँदा उचित रहने ।
- जनशक्तिलाई सहरी क्षेत्र (धेरै जनसंख्या भएको) र ग्रामीण क्षेत्र (कम जनसंख्या भएको) गरी दुई भागमा गरी वर्गीकृत गरी एउटा उचित प्रोटोकोल बनाई स्वास्थ्य संस्था स्थापना गर्नुपर्ने ।
- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विशेष प्रकारको परीक्षण गर्ने संस्थामा विकास गर्ने ।
- भएका सरकारी प्रविधीलाई उचित प्रयोगमा ल्याउनुप¥यो ।
- भएको संस्थालाई दह्रो बनाउन लागौं, नयाँ खोल्ने कुरा नगरौ ।
बिरामी किनबेच बन्द गर्नुपर्छ
डा भगवान कोइराला, अध्यक्ष नेपाल मेडिकल काउन्सिल
- केयर सिस्टमको डेलिभरीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल आवश्यक ।
- स्वस्थ्य र शिक्षाबीचको अन्र्तसम्बन्धको विषयमा गहन रुपमा छुट्टै बहसको आवश्यक ।
- हजारौं विज्ञ तथा एमबीबीएस विद्यार्थीहरुको भविष्यमा धरापमा पर्ने हुँदा ती समस्याहरुको समाधानका निमित्त सम्बन्धित निकायहरुले तत्काल पहल गर्नुपर्ने ।
- समायोजन, ऐन, अन्य (ग्रामीण क्षेत्र)बाट आएका युनिभर्सिटीलगायतका गम्भीर विषयहरुको ठोस निर्णय लिनुपर्ने ।
- मृत्युदर कम गराउनको निम्ति गम्भीर रुपमा लागिपर्नुपर्ने । कुन रोगले धेरै मान्छे मर्छ र त्यो घटाउन के गर्नुपर्छ ।
- मेडिकल क्षेत्रमा अप्ठ्याराहरु भएको कारण ऐन संशोधन गरिनुपर्ने ।
- उपचार प्रक्रिया महंगो र सेवा प्रक्रिया गुणस्तरहीन हुनु पछाडि रहेको रिफ्रल फीको आधारमा बिरामी किनबेच नै प्रमुख कुरा हो । यसलाइ बन्द गर्नुपर्छ ।
- क्वालीटिअफ केयर सुधार गर्न सकिन्छ किनकी हामीसंग संस्था नभएका हैनन्, भद्रगोल मात्र भएकाहुन् तिनलाइ सुधार्नुपर्छ ।
बजारमा माछा पसलजस्तै खुलेका ल्याब र कलेक्सन सेन्टर तत्काल बन्द गर्नुपर्छ
डा. धर्मकान्त बाँस्कोटा
उपकुलपति, त्रिभुवन विश्वविद्यालय
- बजारमा माछा पसलजस्तै खुलेका ल्याब र कलेक्सन सेन्टर तत्काल बन्द गर्नुपर्छ ।
- अस्पताल स्थापना, स्तरोन्नती तथा नवीकरण निर्देशिका परिवर्तन गरी मेडिकल कलेजका अस्पताललाई दर्ता प्रक्रियामा ल्याउनुपर्छ ।
समन्वय, ब्यवस्थापनको विषयमा रहेको कमजोरी हटाउन आवश्यक
डा. जेपी अग्रवाल, डिन आइओएम
- समन्वय, ब्यवस्थापनको विषयमा रहेको कमजोरी हटाउन आवश्यक ।
- प्रारम्भिक समयमा गरिएका योजनाहरुको रेकर्डिङ गरिनुपर्ने ।
- स्वास्थ्य क्षेत्रमा रहेका बेथितिहरुलाई कम गर्नको निमित्त शैक्षिक संस्थाहरुको समन्वयनमा गरिनुपर्ने ।
- मन्त्रालयले प्रदान गरिने सेवाहरु सहज रुपमा उपलब्ध गराउनुपर्ने ।
- भएका प्रोजेक्टहरुको निमित्त आवश्यक दरबन्दी, जनशक्ति, योजना र स्रोत आदि पक्षहरु जुटाउनुपर्ने ।
- प्रत्येक व्यक्ति व्यक्तिगत स्वार्थको निम्ति मात्र नभएर सबैको भलाईको निम्ति सोचेर बेथिति समाधान प्रक्रियामा लागि परी कार्यविधिलाई अघि बढाउनुपर्ने ।
- योजना कार्यन्वयन गर्नको निम्ति इमान्दार, अनुशासन र अर्थव्यवस्था नेतृत्व गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने ।
प्रतिष्ठानहरुको छाता ऐन ल्याउनुपर्छ
डा. जागेश्वर गौतम, निर्देशक परोपकार प्रसुतिगृह
- विस्तारित स्वास्थ्य सेवा (इएचएस)लाई अनिवार्य गराउनुपर्छ ।
- प्रतिष्ठानहरुको छाता ऐन ल्याउनुपर्छ ।
- चिकित्सक सबैतिर पु¥याउन चिकित्सक अध्ययन गरिसकेपछि नेपाल सरकारका स्वास्थ्य संस्थामा निश्चित अवधि अनिवार्य सेवा गर्नुपर्ने नियम बनाउनुपर्छ ।
दीर्घ रोगको लागानीमा पुर्नविचार गर्नुपर्छ
डा दिव्या सिंह शाह
- दीर्घ रोगको लागानीमा पुर्नविचार गर्नुपर्छ ।
- दीर्घरोग लागेपछि खर्च उपलब्ध गराउनेभन्दा लाग्नै नदिन प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनुपर्छ ।
निश्चित अस्पताललाई नमुना अस्पतालको रुपमा घोषणा गरेर विस्तारित कार्यक्रम सुरु गरौ
डा. विजय आचार्य, निर्देशक विपी कोइराला भरतपुर क्यान्सर अस्पताल
- निश्चित अस्पताललाई नमुना अस्पतालको रुपमा घोषणा गरेर विस्तारित कार्यक्रम सुरु गरौ ।
- चिकित्सक दरबन्दी बढाउ ।
कलेजो सम्बन्धी रोगलाई प्राथमिकता दिऔ
डा. दिलीप शर्मा, निर्देशक, चिकित्सा शिक्षा आयोग
- कलेजो सम्बन्धी रोगलाई प्राथमिकता दिऔ ।
- छात्रवृत्तिका चिकित्सकलाई एमडी÷एमएस पश्चात एउटा सिष्टम बनाएर पोष्टिङ गराउ ।
- हेपाटाइटिस सीलाई जनस्वास्थ्य समस्यामा राखी कार्यक्रम अगाडि बढाउनुपर्छ ।
- नेपालका मेडिकल कलेजहरुलाई क्षेत्र हेरेर पायक पर्ने गरी दुई अथवा तीन जिल्लाको स्वास्थ्य सेवा प्रदान गर्ने बाध्यकारी व्यवस्था बनाउनुपर्छ । अझ पोष्टमार्टम गराउन अभाव भएका जिल्लाहरुमा उनीहरुलाई अनिवार्य रुपमा खटाउनुपर्छ ।
निजी सरकारी क्षेत्रको साझेदारीलाइ प्रथामिकता दिनुपर्छ
बसन्त चौधरी, अध्यक्ष, नेपाल निजी अस्पताल तथा नर्सिङ होम सञ्चालक समिति
- निजी सरकारी क्षेत्रको साझेदारीलाइ प्राथमिकता दिनुपर्छ ।
- निजीका समस्यालाइ रोक्ने कानुनी प्रवधान छन् तिनलाइ रोक्नुपर्छ ।