प्रदेश ५ का सामाजिक विकास मन्त्री भन्छन्, ‘मृत्युदर घटाउन नर्सलाई तालिम दिन्छौं’

बुटवल—प्रदेश ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले नवजात शिशुको स्वास्थ्य संवेदनशीलतालाई हेरेर नर्सहरुलाई तालिमको व्यवस्था गर्न तर्फ प्रदेश सरकार लागेको बताएका छन् ।
गोल्डेन कम्युनिटीले लुम्बिनी प्रादेशिक अस्पतालमा बुधवार अयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले जनशक्तिलाई दक्ष बनाउन नियमित तालिमको अवश्यकता हुने बताउँदैं त्यसतर्फ प्रदेश सरकार लागि रहेको बताए ।
मन्त्री बरालले बर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतीकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन गरेको समेत बताए । उनले प्रदेशका प्रसुती सेवालाई प्रभावकारी बनाउनका यसै वर्ष ४ सय नर्सहरुलाई एसबीए तालिम दिने बताए ।
मन्त्री बरालले लुम्विनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा विकास गर्ने तरिकाले सबै जिल्ला अस्पतालमा आईसीयु सेवा संचालको तयारी गरेको बताए । प्रत्येक जिल्ला अस्पतालमा आईसीयु सेवासहितको सेवा विस्तार भए लुम्बिनी प्रादेशिक अस्पतालमा चाप कम हुने उनको बुझाइ छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले ठाउँको अभाव भएपनि अस्पतालमा ब्यवस्थापन गरेको बताए । नवनियुक्त मेसु डा. खनालले आफू अझै पनि अस्पतालका विषयमा अध्ययनकै क्रममा रहेको बताए । उनले अस्पतालबाट दिइने सेवालाई कुनै पनि कमी हुन नदिने प्रतिवद्धता दोहो¥याए ।
अभिमुखीकरणमा लुम्बिनी प्रादेशिक अस्पतालका बालरोग प्रमुख डा. नेत्र राना, गोल्डेन कम्युनिटी प्लानिङ म्यानेजर हनी मल्ल, सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनाल, स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरी, स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरणप्रसाद चौधरीलगायतले बोल्दै नवजात शिशुको जीवन रक्षाका लागि तालिम आवस्यक रहेको बताएका थिए ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)
- ५ योग के हो ? यसका प्रकार र फाइदा
- ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
तपाईको प्रतिक्रिया दिनुहोस