नेपाल चिकित्सक संघको आगामी कार्यकालका लागि १३ सदस्सीय कार्यसमितिको लागि ३१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीका प्रमुख डा बाबुराम मरासिनीका अनुसार ७ पदाधिकारीमध्ये ६ वटामा १२ जना र महासचिवमा भने चार जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी ६ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ ।
नेपाली कंग्रेस निकट लोकतान्त्रिक प्यानलबाट ७ पदाधिकारीसहित सदस्यको उम्मेदवारी परेको छ । सो प्यानलका अध्यक्षमा उमेदवारी दर्ता गराएका डा. लोचन कार्कीले १ जनाको नाम फिर्ता गर्ने गरी मनोनयन दर्ता गरिएको बताए ।
यता नेकपा निकट चिकित्सकहरुको प्यानल प्रगतिशीलबाट भने ७ पदाधिकारी र ५ सदस्यका लागि मात्र मनोनयन परेको छ । सो प्यानल छनोट समतिका सदस्य डा. रमेश ढकालले १ जना सदस्य कम गराएर उम्मेदवारी दर्ता गराइएको जानकारी दिए ।
नेकपा प्यानलबाट महासचिवका लागि प्रबल दावेदार मानिएका डा. दिपेन्द्र पाण्डेले भने स्वतन्त्रतर्फबाट महासचिवको उम्मेदवारी दिएका छन् । उनलाई युवा चिकित्सकहरुको दह्रो समर्थन रहेको छ । त्यसैगरी, डा. अजयकुमार मिश्रले पनि महासचिवमै उम्मेदवारी दर्ता गराएका छन् ।
कुन समुहबाट को—को छन् उमेदवार ?
लोकतान्त्रिक
डा. लोचन कार्की अध्यक्ष
डा. शिव प्रसाद श्रेष्ठ बरिष्ठ उपाध्यक्ष
डा. अनिलविक्रम कार्की उपाध्यक्ष
डा. बद्री रिजाल महासचिव
डा. निरजकुमार सिंह सह -सचिव
डा. प्रकाश बुढावथोकी कोषाध्यक्ष
डा. विश्वराज दवाडी सह—कोषाध्यक्ष
सदस्यहरु
डा. प्रमोद जोशी
डा. मनोरदिन सैयाद
डा. विक्रान्त ढकाल
डा. रितेस थापा
डा. नन्दकुमारी गुरुङ
डा. विपेश आचार्य
डा. सन्जिव तिवारी
प्रगतिशील
डा. पुष्पमणि खराल अध्यक्ष
डा. रक्षा श्रेष्ठ वरिष्ठ उपाध्यक्ष
डा. रञ्जितकुमार झा उपाध्यक्ष
डा. मधुर बस्नेत महासचिव
डा. शैलेन्द्र झा सह सचिव
डा. संन्जित कुमार शाहा कोषाध्यक्ष
डा. उदय नारायण सिंह सह—कोषध्यक्ष
सदस्यहरु
डा. लिजन महर्जन
डा. दिपक कोइराला
डा. सुमन काफ्ले
डा. राकेश शाह
डा. जगदिश विष्ठ
स्वतन्त्र
डा. दिपेन्द्र पाण्डे महासचिव
डा. अजयकुमार मिश्र महासचिव
स्वतन्त्र सदस्यहरू
डा. अमित चतुरवेदी
डा. त्रिभुवन चन्द्र झा
डा. प्रविण कुमार गिरी