२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्लिनिकल ट्रायलको अनुसन्धान गर्न बनाइयो एनपीसिटीआर

क्लिनिकल ट्रायलको अनुसन्धान गर्न बनाइयो एनपीसिटीआर


काठमाडौं-क्लिनिकल ट्रायलहरुको अध्ययन, अनुसन्धान दर्ता गर्ने साझा प्लेटफर्मका रुपमा नेपाल क्लिनिकल ट्रायल रजिष्ट्री (एनपीसिटीआर) गठन भएको छ । नेपालमा हुने ट्रायल सम्बन्धि अनुसन्धानको उपयोग नेपालमै होस भन्ने हेतुले उक्त निकायको गठन गरिएको हो ।

एनपीसिटीआरको स्थापना नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा अगाडि बढाएको हो । साथै, यो प्लेटफर्मका लागि परिषद्मा कार्यरत २ जना अनुसन्धान अधिकृतलाई क्लिनिकल टायल रजिष्ट्री अफ इण्डियामा प्रशिक्षण गराइएको छ भने यसका लागि छुट्टै सफ्टवेयरको पनि विकास गरिएको जनाइएको छ ।

एनपीसिटीआरको स्थापनासँगै यसले वैज्ञानिकहरुले ट्रायलका लागि खेप्दैं आएको समस्या अन्त्य हुने विश्वास गरिएको छ । एनपीसिटीआरको ट्रायल प्लेटफर्ममा विश्वका जुनसुकै देशका वैज्ञानिकले टायल रजिष्ट्रर गर्न पाउनेछन् भने नेपालमा हुने कुनै पनि ट्रायलमा यसमा दर्ता हुनुपर्नेछ ।

कुनै पनि रजिष्ट्रीमा दर्ता नभएका ट्रायल सम्बन्धी अध्ययन अनुसन्धानाट प्राप्त लेखहरु इन्टरनेशल कमिटी अफ मेडिकल जर्नल एडिटर समूहमा आवद्ध रिसर्च जर्नल तथा पबमेड इन्डेक्स रिसर्च जर्नलमा प्रकाशन नहुने हुँदा अनुसन्धानकर्ताले अनिवार्य रुपमा ट्रायल सम्बन्धी अध्ययन अनुसन्धानलाई ट्रायल रजिष्ट्रीमा दर्ता गर्नेपर्ने भएकाले उक्त प्लेटफर्म स्थापना गरिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ