२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवातावरणीय स्वास्थ्यलाई कायम गर्न दीर्घकालीन रणनीति तय गरिने

वातावरणीय स्वास्थ्यलाई कायम गर्न दीर्घकालीन रणनीति तय गरिने


काठमाडौं-१२ बुँदे प्रतिवद्धता जारी गर्दै पहिलो वातावरणीय स्वास्थ्य, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, खानेपानी र स्वच्छता सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । तीन सयभन्दा बढी विज्ञहरुको सहभागिता रहेको सो गोष्ठीले नीतिगत परिवर्तनलाई पहिलो आवश्यकता र औचित्य पहिल्याएको छ ।

प्रतिवद्धताको पहिलो बुँदामा नै वातावरणीय स्वास्थ्यलाई कायम गर्न दीर्घकालीन रणनीति तय गर्ने, आवश्यक नियम कानुन परिर्वतन गर्न त्यसको प्रभावकारी संरचना तयार गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनको मार्गचित्र बनाई अभियान अगाडि बढाउने, फोहोरमैला व्यवस्थापनको नमुना विकास गरी सिकाइको आधारमा तीनै तहमा जाने, तीनै तहका सरकारमा इकाई स्थापना गरी काम अगाडि बढाउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिवद्धता पत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापन गर्नेहरुको पेशागत र सामाजिक सुरक्षामा प्रोत्साहन गर्ने, अस्पताल जन्य फोहोरमैला व्यवस्थापन गरी प्रगति प्रतिवेदन र अभिलेख तयार गर्ने, दक्ष जनशक्तिद्धारा स्वास्थ्य संस्थाको स्थापना, संचालन, नवीकरण स्तरोन्नती गर्ने क्रममा फोहोरमैला सुनिश्चितताको लेखाजोखा अनिवार्य गराउने रहेको छ ।

वातावरणीय स्वास्थ्य, स्वास्थ्यजन्य फोहोरमैला, स्वास्थ्य संस्थाहरुमा खानेपाली सरसफाइ र सुरक्षित शौचालयको लागि तीनै तहमा निजी क्षेत्रको समन्वय सहकार्य र साझेदारीमा एकीकृत काम गर्ने उल्लेख छ ।

जलवायु परिर्वतनले स्वास्थ्यमा परेको प्रभाव न्यूनीकरण गर्न त्यस अनुकूलका स्वास्थ्य सेवा कार्यक्रम प्रवद्र्धन गर्ने, प्लास्टिकजन्य फोहोरलाई व्यवस्थित बनाउँदै लैजाने गोष्ठीले औल्याएको छ ।

वातावरणीय स्वास्थ्य, स्वास्थ्यजन्य फोहारमैला व्यवस्थापन, खानेपानी सरसफाइ र स्वच्छतामा तीनै तहका सरकारको जिम्मेवारीलाई आत्मासाथ गर्दै समन्वय, सहकार्य तथा सहअस्तित्वमा आधारित भै प्रारम्भिक डिजाइनदेखि नै योजना तथा कार्यक्रम अगाडि बढाउने र यस क्षेत्रमा भएका अध्ययन अनुसन्धान, अन्वेषण तथा प्राप्त नतिजालाइ प्राथमिकताका साथ आगाडि बढाउने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सो गोष्ठीमा ३ सयभन्दा बढी सहभागी रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ