चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त अस्पतालमै धर्नामा

बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले अस्पताल परिसर मै धर्ना दिएका छन् । चिकित्सकहरुले लापरवाही गर्दा बिरामीको मृत्यु भएको आफन्तहरुको आरोप छ । घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकलाई कारवाहीको माग आफन्तहरुले राखेका छन् ।
मंसिर १८ गते ज्वरो आएर लुम्बिनीमा भर्ना हुन आएकी रुपन्देहीको कञ्चन गाउँपालिकाकी १५ वर्षीया माया थापाको शनिबार राति मृत्यु भएको थियो । मृत्युमा चिकित्सकहरुकै कमजोरी रहेको भन्दै आफन्तहरुले अस्पतालमा धर्ना दिएका हुन् । बिरामीको रोग पत्ता नलगाई चिकित्सकले जथाभावी औषधी चलाएकाले छोरीको मृत्यु भएको आमा सीता थापाको दाबी छ ।
१८ गते इमर्जेन्सीमा भर्ना भएकी मायालाई १९ गते अस्पतालको वेडमा सारिएको थियो । समस्या देखिएपछि उनलाई पुनः २० गते आकस्मिक रुपमा आइसीयुमा राखेको मृतक थापाकी आमा सीता बताइन् । ‘बिरामीलाई के भएको हो भन्दा समेत बताएनन् । अन्तै लान पनि दिएनन्, यसरी अस्पतालले जथाभावी गर्न मिल्छ ?,’ उनले भनिन् ।
बिरामी थापालाई ७ दिनदेखि ज्वरो आउनुका साथै शरीरमा प्लेटलेसको मात्र कमी भएका कारण फोक्सोमा ‘एआरडिएस’ भएकोले बिरामीको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिडेन्ट राजेन्द्र खनालले बताए ।
थापाको शव आफन्तहरुले बुझ्न मानेका छैनन् । मृतकका आफन्तहरु र अस्पताल प्रशासनबीच आइतबार दिनभर वार्ता भए पनि कुरा मिल्न सकेको छैन् ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
- ३ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ५ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ६ योग के हो ? यसका प्रकार र फाइदा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस