काठमाडौं—विगत एक महिनादेखि युनिर्भसल मेडिकल कलेजमा जारी आन्दोलन स्थगित भएको छ । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच शनिबार मध्यरातमा ६ बुँदे सहमति भएसँगै बन्द कलेजमा पढाइ सुचारु भएको हो ।
आन्दोलनरत विद्यार्थी मध्येका एक अशोक छत्कुलीकाअनुसार बन्द कक्षाहरु सुचारु हुन थालेका छन् । सहमतिमा शैक्षिक बर्ष २०७५/०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्क समेत तिरिसकेको हकमा त्रिवि रजिष्टेशन शुल्क, काउन्सिल रजिष्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने उल्लेख गरिएको छ ।
२०७४/०७५ मा विद्यार्थीहरुले पहिलो र दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइ सकेकाहरुको हकमा त्रिवि रजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्ट्रेशन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने उल्लेख छ ।
सहमतिसँगै विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने र कलेजका शैक्षिक प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप सुचारु भएको छत्कुलीले बताए ।
![](https://www.healthaawaj.com/wp-content/uploads/2019/12/universal-medical-college.jpg)
![](https://www.healthaawaj.com/wp-content/uploads/2019/12/universal-2.jpg)