२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज


काठमाडौं—एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई डिस्चार्ज गरिएको चिकित्सकहरुले बताएका छन् ।

डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं भने, ‘म स्वास्थ्यमा सुधार भएर घर जाँदैछु ।’  प्रधानमन्त्रीको उपचार संलग्नमध्येका एक चिकित्सक प्रा.डा. अरूण सायमीले प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको प्रतिक्रिया दिए ।

ओली बिहीबार अपरान्ह अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य लाभ भएकाले केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको जनाएको छ । ‘उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार हाल सम्माननीयज्यूको स्वास्थ्य लाभ भएकाले केही दिन आराम गर्ने सुझावसहित उहाँलाई आज मिति २०७६/०८/१९ गते दिन अस्पतालबाट डिस्चार्ज गरिएको छ ।’

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् । डिस्चार्जपछि प्रधानमन्त्री वालुवाटारस्थित निवासमै आराम गर्ने भएका छन् । प्रधानमन्त्रीले चिकित्सकहरूसँग निवासमै आराम गर्ने चाहना व्यक्त गरेपछि उनलाई डिस्चार्ज गरिएको हो ।

प्रधानमन्त्री ओलीको १० मंसिरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि त्यसको संक्रमण देखिएपछि उनलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा रहँदा प्रधानमन्त्री ओलीको हेमोडाइलाइसिस समेत गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ