२०८१ कात्तिक २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुँदै


काठमाडौं—एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई बिहीबार  डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

ओली बिहीबार अपरान्ह डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् ।

प्रधानमन्त्री ओलीको १० मंसिरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि त्यसको संक्रमण देखिएपछि उनलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा रहँदा प्रधानमन्त्री ओलीको होमोडाइलाइसिस समेत गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ