२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघमा फर्जी मतदाताको लफडा, प्रहरीद्धारा हस्तक्षेप

नेपाल चिकित्सक संघमा फर्जी मतदाताको लफडा, प्रहरीद्धारा हस्तक्षेप


काठमाडौं-वर्तमान नेपाल चिकित्सक संघका पदाधिकारीलाई करिब ५ सय फर्जी सदस्यता थपेको आरोप लागेको छ ।
नेकपा निकट प्रगतिशील प्यानलबाट चुनावको तयारी गरिरहेका चिकित्सकहरुले संघका पदाधिकारिहरुले 4 सय 95 नयाँ फर्जी सदस्य थपेको आरोप लगाएका हुन् ।

नयाँ सदस्यता थप्ने मितिको अन्तिम दिन आज शनिबार संघ अफिसमा पुगेका स्वतन्त्र प्यालनबाट अध्यक्षको उम्मेदवारी घोषणा गरेका डा. पुष्पमणि खरालले सदस्यता शुल्क वापतको पैसा नलिई सदस्यता बाँडेको आरोप लगाए ।

प्रगतिशील प्यालनबाट उक्त कार्यको विरोध भएपछि अहिले संघ कार्यलय बागवजारमा छलफल भइरहेको छ । सोही विषयलाई लिएर केहीवेर अघि संघ अफिसमा तनाव सिर्जना भएको सहभागी एक चिकित्सकले बताए ।

तनाव सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अहिले पनि प्रहरी संघको कार्यलयमै रहेर सुरक्षा दिइरहेको छ ।

चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठष्ठले भने फर्जी मतदाता नबनाइएको बताए । उनले सदस्यताका लागि केही साथीहरुको पहिले नगद पैसा नभएका कारण चेक दिएको बताउँदैं त्यतिबेला केही साथीहरुले चेकबाट हुँदैन भन्नुभयो र पछि नगद पैसा लिएर आउँदा ५ बजेपछि समय सकिएकाले अब हुँदैन भनेर विवाद खडा गरेको बताए । उनले अहिले बैठक बसेर त्यस विषयमा छलफल भैरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ