२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी


काठमाडौं—पेटमा समस्या देखिएपछि उपचारका महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासीस एण्ड भास्कुलर सेन्टर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएको छ ।

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रियाको तयारी भैरहेको छ । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. अरुण सायमीले प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको पुष्टि गरे । ‘उहाँलाई एपेन्डिसाइटिस भएको रहेछ,’ डा. सायमीले भने, ‘शल्यक्रिया गर्ने तयारीमा छौं ।’

उनका अनुसार सम्बन्धित सबै किसिमका विशेषज्ञ चिकित्सकहरुको टोली शल्यक्रियाका लागि तयार भएको छ । प्रधानमन्त्री ओली एक्कासी पेट दुखेपछि मंगलबार बिहान अस्पताल गएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ