२०८२ वैशाख १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित)

त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित)


काठमाडौं-त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार डा. भण्डारीको युट्युब च्यानलमार्फत ‘जीवन यो रहेसम्म…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

डा. भण्डारीको सुमधुर स्वरमा रहेको गीतको रचना र कम्पोजिसन पनि डा. भण्डारीले नै गरेका हुन् । गीतको मिक्सिङ प्रदीप जोशीको रहेको छ । सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ । अविनाश मानन्धरको डोन रहेको छ भने म्युजिक भिडियोको निर्देशन अनिल के. मानन्धरले गरेका हुन् ।

चिकित्सा पेशासँगै निरन्तर संगीत कर्ममा सक्रिय प्रा.डा.यसअघि ‘निलो आकाश’, ‘तिम्रो नै माया लाग्छ’, ‘एउटा जीवन यस्तो थियो’, ‘कसरी भनुँ’, ‘मायालु भाका’लगायत गीतहरु सार्वजनिक भइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ