२०८२ वैशाख ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए

उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए


काठमाडौं—उपकुलपतिको कार्यकाल सकिएका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ । गत बिहीबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. संजीव शर्मालाई दिइएको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्माले पाएका छन् ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीलाई तोकिएको छ ।

निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको छ ।

चार वटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो । यसअघि धरानमा डा. ज्ञानेन्द्र गिरी, पोखरामा प्रा.डा. डुकबहादुर क्षेत्री, कर्णालीमा डा. मंगल रावल र पाटनमा प्रा.डा. राजेशनाथ गंगोल उपकुलपति थिए ।

चार वटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ