काठमाडौं—फर्माकेम फर्मा प्रा.लि.को कारोबार निन्तर उकालोमा रहेको पाइएको छ । कम्पनीको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२४ मा ४ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको छ ।
सन् २०२३ मा फर्माकेमले ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको थियो । कारोबारका हिसाबले नेपाली औषधिको बजारको ठूलो सप्लायर्स हो ।
सन् २०२२ मा फर्माकेमको वार्षिक कारोबार ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रहेको थियो । कारोबारमा निरन्तर उकालो यात्रा गरिरहेको यो कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो भने सन् २०२१ मा २ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो ।
फर्मास्युटिकल्स प्रडक्टहरुसको व्यापार गर्ने यो कम्पनीले भारतबाट ठूलो मात्रामा जेनेरिक र क्रोनिक औषधिहरु आयात गरेर स्थानीय बजारमा बेच्दै आएको छ ।
सन् १९८८ मा स्थापना भएको फर्मा केम काबरा परिवारको पारिवारिक स्वामित्व रहेको कम्पनी हो । कम्पनीमा हरिनारायण काबराको ५० प्रतिशत, राजेन्द्रकुमार काबराको ४९ प्रतिशत र आत्माराम काबराको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
नेपालको अर्को ठूलो औषधि डिष्टिब्युर्स मानिने यतिक्यामले आर्थिक वर्ष सन् २०२४ मा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो । यतिक्यामको सन् २०२३ को कारोबार १ अर्ब ७७ करोड रुपैयाँ थियो ।