जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी लाभ लिएको आरोपमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यलय कैलालीका प्रमुख स्टोर सहायक प्रेमबहादुर रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलकाअनुसार २८ चैतमा रावलविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।
रावल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कैलाली शाखा पाँचौ तहको प्रमुख स्टोर सहायकका रुपमा कार्यरत थिए । उनी विरुद्ध नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दैं उजुरी परेको थियो ।
अख्तियारले उक्त उजुरीमाथि छानविन गर्दा माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीको हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेश गरेको पाइएको अख्तियारले जनाएको छ ।
सोही प्रमाणपत्र पेश गरेर उनले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा चौथो तहको स्टोर सहायकमा जागिर सुरु गरेका थिए । पछि पाँचौ तहमा बढुवा भएर प्रमुख स्टोर सहायक भएका थिए । अख्तियारी उनी विरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना माग गरेर मुद्धा दायर गरेको हो ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
- ७ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’
तपाईको प्रतिक्रिया दिनुहोस