२०८१ चैत्र २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु

विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु

उपकुलपति डा. गिरीका उपलब्धिः पूर्वाधार निर्माणदेखि मिनिमम सर्विस स्ट्याण्डर्ड वृद्धिसम्म


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेज’ बनाउने प्रक्रिया अगाडि बढाएको दावी गरेका छन् । आइतबार उपकुलपति डा. गिरीले कार्यकालका उपलब्धि सार्वजनिक गर्दै ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’का रुपमा स्तरोन्नती गर्ने उद्देश्यले प्रक्रिया अगडि बढाइएको उल्लेख गरेका छन् ।

‘प्रतिष्ठानलाई पेपसलेस गर्ने उद्देश्यले आवश्यक पहलको थालनीदेखि लिएर प्रतिष्ठानलाई विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइसेन्सका रुपमा स्तरोन्नती गर्ने उद्देश्यले प्रक्रिया अघि सारिएको छ,’ प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले मिडियालाई पठाएको डा. गिरीको उपलब्धि रिपोर्टमा छ, ‘अन्तर्राष्ट्रियस्तरका विभिन्न उत्कृष्ट केन्द्रहरुसँग द्विपक्षीय सम्झौता गर्ने प्रक्रिया समेत अगाडि बढाइएको छ ।’

यस्तै, उपकुलपति डा. गिरीको उपलब्धिमा नेपाल सरकारको स्वास्थ्य नीतिअनुरुप प्रतिष्ठानले औषधि विक्री वितरणका लागि छुट्टै भवन बनाएर फार्मेसी सेवा सुरु गरिएको, सोही भवनको पहिलो तल्लाबाट क्यान्सर उपचार सम्बन्धी सेवा र दोस्रो तलाबाट जलेर आउने बिरामीहरुका लागि आंशिक रुपमा सेवा प्रदान गर्न थालिएको उल्लेख छ ।

निर्माण रोकिएको मातृ शिशु भवनको निर्माण कार्य अगाडि बढाएर सम्पन्न हुने अवस्थामा पुगेको र सोही भवनबाट प्रसूति रोग विभागको बहिरंग सेवा सञ्चालन ल्याउने काम अगाडि बढेको उपलब्धिमा छ । डा. गिरीले विगत ८ वर्षदेखि हुन नसकेको १३ औं दीक्षान्त समारोह २६ कात्तिक २०८१ मा सम्पन्न गरिएको, आइसियू बेडको संख्या ३२ बाट थप ४२ बेड गरी जम्मा ७४ बेड बनाइएको पनि आफ्नो उपलब्धिमा उल्लेख गरेका छन् ।

यसैगरी, डायलाइसिस सेवाका लागि थप २० बेड पनि सञ्चालमा ल्याइएको, इमर्जेन्सी सेवा स्तरोन्नती गर्न थप ४० वटा जनरल बेड तथा ८ वटा आइसियू/एचडियू बेड स्थापना गरिएको पनि उपलब्धिमा छ । डा. गिरीले आफ्नो कार्यकालमा विभिन्न पुराना थन्किएका मेशिन उपकरणहरुको मर्मत सम्भार गर्ने कार्यसँगै नयाँ उपकरणहरुको समेत खरिद गरिएको र नेपालकै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २५६ स्लाइसको सिटी स्क्यान मेसिन पनि खरिद गरी जडान गरिएको उपलब्धिमा देखाएका छन् ।

कोभिड—१९ कालमै २० हजार लिटरको लिक्वीड अक्सिजन टयांक जडान गरेर सञ्चालनमा ल्याइएको, प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरी अन्तर्गतको ओरल मेडिसिन एण्ड रेडियोलोजी विभागमा लामो समय देखि एक्स—रे मेसिन बिग्रिएर बन्न नक्सने अवस्था आएकोमा अत्याधुनिक नयाँ मेसिन जडान गरिएको उल्लख छ ।

डा. गिरीले आफूले उपकुलपतिका रुपमा विपी प्रतिष्ठानका नेतृत्व रुपमा आर्थिक रुपमा समस्या रहेको भएतापनि समयमै चिकित्सक र कर्मचारीलाई तलब खुवाएको, कोभिड—१९ मा चिकित्सक र कर्मचारीको मनोबल वृद्धि गरी पूर्व क्षेत्रकै रेफरल सेन्टरका रुपमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको, स्वास्थ्य मन्त्रालयको मिनिमम सर्विस स्ट्याण्डर्डमा ५३ बाट वृद्धि गरेर ७५ मा पु¥याइएकोलगायतका उपलब्धि आफ्नो कार्यकालमा भएको उल्लेख गरेका छन् ।

२७ चैत २०७६ मा डा. गिरी पाँच वर्षका लागि विपीको उपकुलपतिमा नियुक्त भएका थिए । तर, बीचमा उनले प्राध्यापक पद नियम विपरित प्रयोग गरेको पाइएपछि उनी १३ महिना निलम्बमा परेका थिए । त्यसपछि पुनः उपकुलपतिको जिम्मेवारी फर्किएका डा. गिरीको कार्यकाल २६ चैतमा सकिदैंछ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ