२०८१ चैत्र २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी

स्वास्थ्य बीमा बोर्डले जारी गर्‍यो ४५ बुँदे श्वेतपत्र (श्वेतपत्रसहित)


काठमाडौं—स्वास्थ्य बीमा बोर्डले फागुन मसान्तसम्म सेवा प्रदायकलाई १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ । आइतबार बोर्डले पत्रकार सम्मेलन गरेर बोर्डको स्थितीका सम्बन्धमा जारी गरेको ४५ बुँदे श्वेतपत्रमा आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उल्लेख छ ।

‘चालु आर्थिक वर्षको बाँकी अवधि थपिने दावी समेतलाई अनुमान गर्दा यो आर्थिक वर्षको अन्तसम्म कुल २४ अर्ब रकम भुक्तानीका लागि बाँकी हुने देखिन आउँछ,’ श्वेतपत्रमा छ, ‘समयमा भुक्तानी दिने क्षमता विकास गर्नुपर्ने चुनौती रहेको छ ।’

श्वेतपत्रमा स्वास्थ्य बीमाको फैलावट ७७ जिल्लाको ७४९ स्थानीय तहमा विस्तार भएको उल्लेख छ । तर, कुल ८९ लाख ५२ हजार १३५ जना बिमितमध्ये ५७ लाख ५३ हजार ८१७ विमित सामान्य क्रियाशील रहेको श्वेतपत्रमा छन् । जुन कुल जनसंख्याको २० प्रतिशतमात्रै हो । बोर्डले ८० प्रतिशतलाई समेट्न थप मेहनत गर्नुपर्ने जनाएको छ ।

स्वास्थ्य बीमा पछिल्लो समय आर्थिक संकट झेलिरहेका बेला बोर्डको नयाँ नेतृत्वले श्वेतपत्रमार्फत स्वास्थ्य बीमा बोर्डको अवस्था श्वेतपत्रमार्फत सार्वजनिक गरेको हो ।

श्वेतपत्रको पूर्णपाठ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ