२०८१ चैत्र २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन

पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन


काठमाडौं—पूर्व स्वास्थ्यमन्त्री तथा वर्तमान प्रतिनिधीसभा सदस्य दीपक बोहराको निधन भएको छ। मंगलबार विहान उपचारका क्रममा ओम अस्पतालमा ७४ वर्षको उमेरमा बोहराको निधन भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेतासमेत रहेका बोहरा लामो समयदेखि उपचारमा थिए । ‘उहाँ तीन वर्षदेखि पोष्ट कोभिड र घाँटीको समस्या कारण उपचारमा हुनुहुन्थ्यो,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले हेल्थआवाजसँग भने, ‘आज विहान उहाँको उपचारकै क्रममा निधन भयो ।

बोहरा २०७९ मंसिरमा भएको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ