२०८१ चैत्र १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति

आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति


काठमाडौं—राजावादी आन्दोलनका क्रममा भएको आगजनीबाट चर्चित ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनी जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको फ्याक्टी ठूलो क्षति पुगेको छ । कम्पनीकी प्रबन्ध उषा रिजालकाअनुसार आगलागीबाट कम्पनीको केही समयअघि मात्रै सञ्चालनमा ल्याइएको नयाँ मेसिनमा पनि गम्भीर क्षति पुगेको छ ।

‘पुरानो र नयाँ दुवै मेसिन दुवैमा क्षति पुगेपछि अहिले हामी अस्तव्यस्त अवस्थामा पुगेका छौं,’ उनले भनिन्, ‘अहिले एकिन क्षतिको आँकलन गर्न सकेका छैनौं । क्षतिको विवरण हामीले संकलन गरिरहेका छौं ।’ केन्द्रले हालैमात्र झण्डै एक करोड बढी लगानीको नयाँ अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको थियो ।

केन्द्रले क्षतिबारेमा अध्ययन गर्न समिति गठन गर्न लागेको पनि उनले जानकारी दिइन् ।

आगलागीबाट जिएमपी बेसमा एयर फ्लोसहित बनाइएको उत्पादन गर्ने भवनमा पनि क्षति रिजालले बताइन् । त्यसबाहेक केन्द्रको प्रयोगशाला नष्ट भएको छ भने केही उत्पादनहरु पनि जलेर नष्ट भएका छन् ।

जडिबुटी कम्पनीले हर्बलमा आधारित सन्चो, हिमालयन मसाज आयल, शिलाजित, सेनिटाइजरलगायतका उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ