२०८१ चैत्र १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु

तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु


काठमाडौं-काठमाडौंको तीनकुनेस्थित भवन लागेको आगोमा जलेर एक जना सञ्चारकर्मीको मृत्यु भएको छ । शुक्रबार राजावादीको आन्दोलनका क्रममा आगलागी भएको भवनमा पसेर दृश्य खिचिरहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको हो ।

रजक सो भवनको छतमा चढेर आन्दोलनको भिडियो रेकर्ड गरिरहेका थिए । उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । राजावादीहरुको आन्दोलनमा झडप भएपछि उक्त भवनमा आगालागी भएको थियो । आगलागीबाट उक्त भवनमा रहेका कार्यलयका सामाग्रीहरु पनि जलेर नष्ट भएका छन् ।

उक्त भवनमा प्रदर्शनकारीहरु ढुंगामुढा गर्दा झ्यालका सबै सिसाहरु पनि फुटेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ