२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराजावादी आन्दोलनका क्रममा तीनकुने झडपमा घाइते भएका एक जनाको मृत्यु

राजावादी आन्दोलनका क्रममा तीनकुने झडपमा घाइते भएका एक जनाको मृत्यु


काठमाडौं-राजावादी आन्दोलनका क्रममा भएको झड्पका क्रममा तीनकुनेमा गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवासप्रसाद आचार्यले घाइतेको अस्पतालमा नपुर्याउँदैं मृत्यु भइसकेको जानकारी दिए ।

कीर्तिपुरका २८ वर्षीय सविन महर्जनको आन्दोलनका क्रममा भएको झडपमा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रबार राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्न पुगेको छ ।

आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारी गरी झण्डै दुई दर्जन बढी घाइते भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ