२०८१ चैत्र १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी

काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी


काठमाडौं—राजावादी आन्दोलन हिंसात्मक बन्दैं गएपछि जिल्ला प्रशासन कार्यलय काठमाडौंले विभिन्न पाँच ठाउँमा कर्फ्यु जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंका विभिन्न पाँच स्थानमा अपरान्ह ४ः२५ बजेदेखि कर्फ्यु जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यलयले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तिनकुने हुँदैं कोटेश्वरसम्म कर्फ्यु जारी गरेको छ । यसैगरी, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पूरानो बानेश्वर हुँदैं नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लागु गरेको हो ।

कर्फ्यु राति १० बजेसम्म लागु गरेको प्रजिअ तिवारीले जनाएका छन् । यी स्थानहरुमा आवत—जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ