२०८१ चैत्र १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला

रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला


काठमाडौं—रौतहटको गरुडा नगरपालिका—१ स्थित गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी पढिरहेकी एक जना छात्रा मृत फेला परेकी छन् ।

बिहीबार विहान अस्पतालमा बाराको विश्रामपुर—५ घर भएकी १८ वर्षीया छात्रा सुमनकुमारी बैठा होस्टेलको कोठामा मृत फेला परेकी हुन् ।

गरुडा प्रहरीका प्रमुख राजन कार्कीकाअनुसार विहान साढे पाँच बजेतिर बैठा होस्टेलको कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

‘बिहीबार विहान साढे पाँच बजेतिर होस्टेलको कोठामा उहाँ मृत अवस्थामा फेला पर्नुभएको हो,’ कार्कीले भने, ‘अहिले प्रहरीले घटनामाथि थप अनुसन्धान गरिरहेको छ ।’

बैठा डिप्लोमा पहिलो वर्ष अध्ययरत रहेको प्रहरीले जनाएको छ । गजेन्द्रनारायण सिंह स्मृति फाउण्डेसनअन्तर्गत उक्त अस्पताल सञ्चालनमा रहेको छ ।

फाउण्डेसनले डिप्लोमा इन फार्मेसी, पिसिएल इन एमएलटी र पिसिएल इन जनरल मेडिसिन अध्यापन गराउँदैं आएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ