२०८१ चैत्र ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ?

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ?


काठमाडाैं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानको गत शुक्रबार प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

बैठकले प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो । बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र स्वास्थ्य सेवालाई प्रभावकारी र सुशासनयुक्त रुपमा अघि बढाउन निर्देशन दिएका थिए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सहकुलपति प्रदीप पौडेलसमेत उपस्थित थिए । बैठकमा उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्राज्ञिक, व्यवस्थापकीय र स्वास्थ्य सेवा क्षेत्रमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तो छ, प्रा.डा क्षेत्रीको कार्यकालाका उपलब्धि

प्राज्ञिकतर्फ

१. प्राज्ञिक संगठनहरु तर्फ प्राज्ञिक परिषद, आई आर.सी. एडिटोरियल बोर्ड, पाठ्यक्रम समिति र परीक्षा समिति, आदिलाइ क्रियाशिल बनाइएको ।

२. विज्ञहरु मार्फत एमबीबीएस, विएससी नर्सिङ र वि.एन.एस. कार्यक्रमको पाठ्यक्रम निर्माण गरिएको ।

३. प्रतिष्ठानको प्राज्ञिक तर्फ संगठन र व्यवस्थापन सर्वेक्षणसम्पन्न गरि यस प्रतिष्ठानको सातौं सभाबाट स्वीकृत गरिएको ।

४. विभिन्न स्वास्थ्य प्रतिष्ठानहरु तथा अस्पतालसँगको पारस्परिक प्राज्ञिक सम्बन्ध विस्तार गरिएको ।

५. पूर्वाधारहरुको आवश्यक व्यवस्थापन गरी वि.एस्सी नर्सिङ र वि.एन.एस. कार्यक्रम सञ्चालन गरिएको ।

६. प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालानार्थ आवश्यक प्राज्ञिक जनशक्तिको व्यवस्थापन गरिएको ।

७ आवश्यक पूर्वाधारहरुको निर्माण गर्दै सबै निकाय सँग समन्वय गरी एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति प्राप्त भए पश्चात पठनपाठन सञ्चालन गरिएको ।

८. प्रतिष्ठानका सभा वैठकहरु नियमित रुपमा समयमा नै सम्पन्न गरिएको ।

९. एम.डि./एम.एस. कार्यक्रमतर्फ पहिलो र दोस्रो ब्याचको अध्ययन पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गरिएको ।

१०. प्रतिष्ठानबाट प्रकाशन हुने मेडिकल जर्नलहरु नियमित रुपमा प्रकाशन गरिएको ।

११. चिकित्सा शिक्षालाई प्रभावकारी एवं गुणस्तरीय बनाउन अनुसन्धानमूलक एवं खोजमूलक कार्यलाई अगाडि बढाइएको ।

अस्पताल तर्फः

१. विगत तीन बर्षदेखि २०० बेडको प्रसुति तथा स्त्री रोग भवन सञ्चालनमा ल्याइएको छ, साथै हप्ताको सोमवार र विहिवार मात्रै प्रवाह हुने गर्भवती परिक्षण (एन्टीनेटल) सहितका सेवालाई हरेक दिन प्रवाह हुने व्यवस्था मिलाईएको ।

२. अस्पतालबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन भौतिक संरचनागत सुधार गरिएको ।

३. प्रतिष्ठानको अस्पतालमा अक्सिजन प्लाण्टहरु जडान गरी अक्सिजनमा पूर्णरुपमा आत्मनिर्भर बनाइएको ।

४. सि.टि. स्क्यान, एम.आर.आई., ई.आर.सि.पि., क्याथल्याव, फाइब्रो स्क्यान जस्ता महत्वपूर्ण सेवा सञ्चालन गरिएको ।

५. सेवाहरुलाई थप प्रभावकारी बनाउन हाइरिजोलुसन माइक्रोस्कोप, प्लाज्मा स्टेरिलाइजेसन मेशिन लगाएतका मेडिकल उपकरणहरु जडान गरी सञ्चालन गरिएको ।

६. शल्यक्रिया सेवा प्रभावकारी बनाउन दुईवटा मोडुलर ओ.टि. सहित सातवटा अपरेसन थिएटर बनाई हरेक दिन हरेक ओ.टी हुने व्यवस्था मिलाइएको ।

७. अस्पतालभित्र निजी संस्थाले सञ्चालन गरेको डायलाइसिस सेवा समेत एकीकृत गरी सेवा विस्तार गरिएको ।

८. जनशक्ति र तालिमको व्यवस्था गरि मृगौला प्रत्यारोपण सेवालाई सुरुवात गरि नियमित रुपमा सञ्चालन गरिएको ।

९. विपन्न उपचार कार्यक्रमअन्तर्गत पेरिटोनियल डायलाइसिस र हेड एण्ड स्पाइनल इन्जुरी कार्यक्रम सूचिकृत गराई सो सम्बन्धि सेवा प्रवाह गरिएको साथै दैनिक ३० जना बिरामीको डायलाइसिस सेवा प्रदान गरिरहेकोमा थप मेशिनहरु जडान गरि दैनिक ४०–५० जना बिरामीलाई डायलाइसिस सेवा प्रदान गरिदै आइरहेको छ ।

१०. न्यूरो सर्जरीको साथै हेड इन्जुरी र स्पाइनल इन्जुरी सेवाहरुको निरन्तरता, प्लास्टीक सर्जरी, सि.टि.भि.एस., ईन्टरभेन्सनल रेडियोलोजी, एन्जियोग्राफी एवं एन्जियोप्लाष्टी जस्ता सेवाहरु सञ्चालन गरिएको ।

११. अप्थाल्मोलोजी (आँखा उपचार), पेन क्लिनिक जस्ता नयाँ ओपीडी सेवा सञ्चालन गरिएको ।

१२. मानसिक रोग उपचारको लागि १५ शैयाको छुट्टै अन्तरंग वार्ड स्थापना गरि सेवा शुरु गरिएको ।

१३. प्रयोगशालालाई पूर्णरुपमा अटोमेसन गरि ल्याव ईन्फर्मेसन सिस्टम जडान, रिपोर्ट डिस्प्याच सेन्टर निर्माण, अनलाईन टिकेट, अनलाईन पेयमेण्ट व्यवस्था गरिएको ।

१४. अस्पतालका पुराना मेडिकल रेकर्डहरु डिजिटलाईजेसन कार्य भईरहेको

१५. इमर्जेन्सी विभागलाई ५० शैयामा बिस्तार गर्न तयारी अवस्थामा रहेको ।

१६. आइ.सि.यु.को लागि २५ शैयामा बिस्तार भईरहेको ।

१७. अस्पताल सेवालाई छिटो छरितो एंव सहज बनाउन वित्तिय टोकन प्रणालीको व्यवस्था, थप काउन्टरहरुको व्यवस्था, अनलाइनबाटै टिकट लिन सकिने, सेवा शुल्क भुक्तानी लिने, ल्याब रिपार्ट लिन सकिने व्यवस्था गरिएको छ ।

१८. विगतका घटनाहरुलाई मध्यनजर गरि भविष्यमा पर्न सक्ने आकस्मिक दुर्घटनाहरुमा शवहरुको अत्यावस्यकीय व्यवस्थापनको लागि शवगृहको विस्तार एवं गुणस्तर विकास गर्न कोल्ड रुम सहितको ७२ वटा शव क्षमता भएको शव गृह निर्माण कार्य अन्तिम चरणमा रहेको ।

१९. नेपाल सरकारबाट स्वास्थ्य तथा जनसङख्या मन्त्रालय अन्तर्गत अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने सम्पूर्ण स्वास्थ्य सेवाहरु यस प्रतिष्ठानको अस्पतालबाट उपलब्ध भइराखेको ।

२०. सबै धारामा पिउन योग्य पानी उपलब्ध हुनेगरी डिपिआर गरिसकिएको र खानेपानी प्रशोधन प्रणाली सञ्चालनका लागि यसै आर्थिक बर्षमा सम्पन्न हुने गरि कार्य अगाडी बढाइएको ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ