काठमाडौं -निक साईमन्सले प्रत्येक वर्ष ग्रमिणक्षेत्रमा रहेर उत्कृष्ठ काम गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिदै आएकाे निक साईमन्स अवार्ड यस वर्ष ज्वालामुखी गाउपालीका ढाेला स्वास्थ्य चाैकी धादिङ्गका जनस्वास्थ्य निरिक्षक रविन थापालाई प्रदान गरिएकाे छ ।
निक साईमन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आयाेजनामा भईरहेकाे १३ औ ग्रामिण स्वास्थ्यकर्मी कन्फ्रेन्सकाे अवसरमा आयाेजित एक समाराेहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले साे पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारकालागि राष्ट्रिय तालिम केन्द्रकि निर्देशक यसाेदा अर्यालकाे संयाेजकत्वमा बनाईएकाे छनाैट टाेलिले देशभरीका स्वास्थ्यकर्मीबाट आएका आवेदनबाट थापालाई पुरस्कृत गरिएकाे हाे ।
छनाैट समितिले दुर्गममा काम गर्ने ५ जना उत्कृष्ठ स्वास्थ्यकर्मी छनाेट गरेकाे थियाे । छनाैट भएका मध्य थापा पुरस्कृत भएका हुन् ।
उत्कृष्ठ ५ मा पर्नेमा थापाका साथै सि अहेव हरिकृष्ण जाेशि दार्चुला, अनमी गंगा दाहाल खाेटाङ्ग, सि अहेव कमल कुमार भण्डारी दैलेख र सि अहेव अमर बहादुर सहकारी रहेका छन् ।