२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा

स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव नियुक्तिमा असन्तुष्टी जनाउँदै अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रले सो नियुक्ती विरुद्ध सर्वाेच्च अदालतमा गएकी छन् ।

डा मिश्राले शुक्रवार नै रिट दायर गरेकी हुन् । सर्वाेच्चले आइतवार सरकारलाई कारण देखाउ अादेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधिश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेशका साथै छलफलका लागि दुवै पक्ष (नेपाल सरकार र असन्तुष्ट डा मिश्र) लाई छलफलमा बोलाएको छ ।

सरकारले २१ फागुनमा बसेको मन्त्रीपरिषद बैठकले अतिरिक्त सचिव डा विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । १२ फागुनमा पुर्व सचिव डा रोसन पोख्रेलको ५ वर्षे (१२ औ तहसहित) कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नया सचिवकालागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा मिश्रा, डा टंक वाराकोटी र डा विकास देवकोटाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

डा देवकोटा सचिव नियुक्ती भएलगत्तै सचिवको जिम्मेवारी समाह्लेकाछन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले शुक्रवार डा वाराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका छन् । तर तीनजनामा आफु सिनियर भएको र लोकसेवाले सिफारिस गर्दा पनि पहिलो नम्बरमा आफ्नो नाम सिफारिस भएको भन्दै डा मिश्राले सरकारको सचिव नियुक्तिमा असहमति राख्दै आएकी थिइन् ।

उनले स्वास्थ्यमन्त्री पौडेलले आफुमाथि पटक पटक अन्याय गरेको भन्दै सार्वजानिक रुपमा राजिनामा माग गरेकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ