२०८१ फागुन २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा टंक वाराकोटीलाई नियुक्त गर्ने तयारी गरेका छन् । मन्त्री पौडेलले रिक्त रहेको  महानिर्देशकको जिम्मा दिन लागेका हुन् ।

तत्कालीन निर्देशक डा विकास देवकोटालाई  नेपाल सरकारले बिहिवार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो ।
लोकसेवा आयोगले अतिरिक्त सचिवहरु डा संगिता मिश्रा, डा बाराकोटी र डा देवकोटालाई सचिवकासागि सिफारिस गरेका थिए ।

डा देवकोटा सचिव भएकोमा डा मिश्राले सार्वजानिक रुपमै असन्तुष्टी व्यक्ति गरेर मन्त्रालयमा हाजिर भएकी छैनन भने मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिन लागेका हुन् । मन्त्रालय स्रोतका अनुसार डा वाराकोटीलाइ महानिर्देशक बनाउने टिप्पणी तय भएर मन्त्री पौडेलकोमा पुगेको छ । ‘उहालाइ नै बनाउने भनेर टिप्पणी उठीसकेको छ ।’ स्रोतले भन्यो ‘अज मन्त्री ज्युको विभिन्न कामले अवेला भयो, भोली निर्णय होला ।’

मन्त्री पौडेलले केही समय निमत्ति महानिर्देशक बाट संचालन गर्न चाहेका थिए । तर मन्त्रालयमा १२ औ तहका अतिरिक्त सचिव हुदा हुदै ११ औ लाई निमित्त दिदा नकारात्मक सन्देश जाने भएपछि डा बाराकोटीलाई जिम्रमेवारी दिन लागेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ