गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा हेल्थ आवाज मंगलबार, २०८१ फागुन २७ गते, ११:०५ मा प्रकाशित काठमाडौ –चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) को निर्देशकमा प्राडा दिलीप शर्मालाई नियुक्त गरिएको छ । न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले डा शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् । आइतवार प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले सहकुलपति समक्ष निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । डा बस्नेतले डा शर्मा निमित्त निर्देशक समाज गौतम र सहायक निर्देशक अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । साेही आधारमा सहकुलपति मन्त्री पाैडेलले शर्मालाइ नियुक्त गरेका हुन् । न्याम्स ऐन अनुसार उपकुलपतिको सिफारिसका आधारमा सहकुलपति २ वर्षको लागि डा शर्मालाई निर्देशक नियुक्त गरेका हुन् । ४ फागुनमा निर्देशक डा सन्तोष पौडेलको दुई वर्षे कार्यकाल समाप्त भएसंगै मन्त्री पौडेलले सहायक निर्देशक डा समाज गौतमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्री पौडेलले निमित्त निर्देशक गौतमलाई नै निर्देशक बनाउन चाहेका थिए भने प्रतिष्ठानका उपकुलपति प्रडा बस्नेत र शिक्षाध्यक्ष डा लोचन कार्कीले भने डा अनुपमा कार्कीलाई निर्देशक बनाउन चाहेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले डा शर्मालाई निर्देशक बनाउन निर्देशन दिएसँगै मन्त्री पौडेलले शर्मालाई नियुक्त गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?