२०८१ फागुन २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य प्राविधिक संघ  जुम्लाको अध्यक्षमा गणेश नेपाली

स्वास्थ्य प्राविधिक संघ  जुम्लाको अध्यक्षमा गणेश नेपाली


मानदत्त रावल, जुम्ला २४ फागुन ।
नेपाल स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली चयन भएका छन् । शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनले नेपालीको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा खुला उपाध्यक्षमा भरत बुढा, समावेशी उपाध्यक्षमा बिराजु जि.सी, महिला उपाध्यक्षमा सरिता पोख्रेल, कोषाध्यक्षमा सीता सिंह र सचिवमा सुरेश पन्त चयन भएका हुन। संघका केन्द्रीय सदस्य कमल रावतका अनुसार, यो अधिवेशनले स्वास्थ्यकर्मीहरूको हकहित र पेशागत मर्यादाका लागि सक्रिय संगठनको नेतृत्वलाई थप सशक्त बनाएको छ।

२०३६ मा स्थापना भएको नेपाल स्वास्थ्य प्राविधिक संघ विशुद्ध पेशागत संगठन हो। यो सम्पूर्ण स्वास्थ्यकर्मीहरूको साझा मञ्च हो । जसले स्वास्थ्यकर्मीहरूको अधिकार र आधारभूत स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्याउन आवाज उठाउँदै आएको रावतले बताए।

नवनिर्वाचित अध्यक्ष गणेश नेपालीले आधारभूत स्वास्थ्य सेवा जनताको अधिकार भएको र पेशागत मर्यादा तथा सुरक्षाका लागि संगठनले निरन्तर पहल गर्ने प्रतिबद्धता  व्यक्त गरेका छन् । उनले भने, हामी स्वास्थ्यकर्मीहरूको सम्मान र सेवाको गुणस्तर  गुणस्तर अभिवृद्धिका लागि कटिबद्ध छौं । यो नयाँ नेतृत्वले जुम्लाको स्वास्थ्य क्षेत्रमा सुधार र प्राविधिकहरूको हितमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ