काठमाडौं—नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघ दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षद्वय माधव अधिकारी र विनोद कार्की छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमसः राजेन्द्र थापा, गोपाल अधिकारी र दिपेश बस्याल चयन भएका छन् ।
यसैगरी, संघको कार्यसमिति सदस्यमा रुद्रनारायण मल्ल, सुनिलकुमार वैद्य, निरजविक्रम राणा, चन्द्रसिंह चौधरीलगायत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष शिवराज बाँस्कोटाले आइतबार नै पदभार हस्तान्तरण गरेका छन् । पदभार ग्रहण गर्दै संघका नवनिर्वाचित अध्यक्ष नेपालले संघको विधानले निर्देशित गरेका लक्ष्यलाई केन्द्रमा राखेरा आफू अघि बढ्ने बतए। उनले औषधिका थोक व्यवसायीको व्ययसायिक अधिकारका लागि आफ्नो कार्यकाल फलदायी बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। संघ वि.सं. २०७३ सालमा स्थापना भएको थियो।