चितवन–चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण(टट) तालिम सुरु भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र ह्युमन नेपालको संयुक्त आयोजनामा साैराहामा सोमबारबाट सो तालिम सुरु भएको हो ।
तालिमको सहजिकरण प्रमुख प्रशिक्षक मनोविद् कपिल शर्माले, ह्युमन नेपालका अध्यक्ष उमेश शिवाकोटी, आशेष रेग्मी, काउन्सिलर नैना गुरुङ्गले ले गर्नेछन् । ४ फाल्गुन सम्म संचालन हुने तालिममा बिभिन्न जिल्लाबाट ११ जना महिला प्रशिक्षार्थीको उपस्थिती रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा जनस्वास्थ्य कार्यलय भरतपुरका प्रमुख दिपक रुपाखेतीले तालिम पश्चात मनोसामाजिक परामर्षकर्ताहरुले समुदाय स्तरमा मानसिक स्वास्थ्यका समस्याहरुलाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्ति गरे । उनले एक्लोपन, दिग्दारीपन, आत्माहत्या रोकथाम, कुलतबाट जोगिने, स्कुले वालवालीकालाई मनोसामाजिक शिक्षा जस्ता कुराको प्रवर्धनमा सहयोग पुग्ने बताए ।
![](https://ap-south-1.linodeobjects.com/healthaawaj/2025/02/475970373_1174407631353607_6879876256169569713_n-1.jpg)