काठमाडौं– आगामी १७ फागुन (१ मार्च)मा काठमाडौंमा एक दिने अन्तर्राष्ट्रिय डायवेटिज कन्फ्रेन्स हुने भएको छ । धनयोगा फउण्डेसन, डायवेटिज एण्ड इन्डोक्राइनोलोजी सोसाइटी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एनसिडी अलायन्सको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
सो सम्मेलनमा विश्वभरको मधुमेहको ट्रेन्ड, उपचार तथा रोकथामका लागि भइरहेका कामका बारेमा कार्यपत्र प्रस्तुत हुने एनसिडी एलामइन्सका डा. प्रज्वल प्याकुरेलले बताए । साथै, नेपालमा मधुमेहको अवस्था र अब राज्यले लिनुपर्ने बाटोको विषयमा निष्कर्षसहित सरकारलाई नीतिगत सुझाव दिइने उनले बताए ।
कन्फ्रेन्समा भारतको क्रिस्चियन मेडिकल कलेजका इन्डोक्राइनोलोजी विभाग प्रमुख डा. नितिनकुमार, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकामा कार्यरत डा. अजय चौधरी, डा. मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जोलगायतको प्रस्तुती हुनेछ । कन्फ्रेन्सको साइन्टीफिक चेयर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. रोबिन मास्के रहेका छन् ।