२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित)

चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित)

सार्वजनिक शैक्षिक संस्थालाई ७९५ सिट, निजीतर्फ १०४० सिट


काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको सिट निर्धारण गरेको छ । २३ माघमा बसेको आयोगको कार्यकारी समितिले शैक्षिक सत्र २०८१/८२ का चिकित्सा शिक्षाका स्नातकोत्तर कार्यक्रमको सिट निर्धारण गरेको हो ।

सार्वजनिकतर्फ स्नातकोत्तरका विभिन्न कार्यक्रमका लागि विभिन्न शैक्षिक संस्थाहरुलाई ७९५ सिट बाँडफाँड गरिएको छ । यस्तै, निजीतर्फ भने १०४० सिट बाँडफाँड गरिएको छ ।

विभिन्न विद्यामा गरी महाराजगन्ज मेडिकल क्याम्पसले १२३ सिट पाएको छ । उसले सबैभन्दा बढी इन्टरनल मेडिसिनमा १३ सिट, एनेस्थेसियामा १२ सिट र जनरल सर्जरीमा १० सिट पाएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विधामा गरी १९० सिट पाएको छ । यसैगरी, विभिन्न विद्यामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले १२८ सिट, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले ७० सिट, पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्सले १० सिट, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३१ सिट पाएका छन् ।

सार्वजनिकतर्फ कुन संस्थालाई कति सिट ?

महाराजगन्ज मेडिकल क्याम्पस—१२३ सिट
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान—१९० सिट
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान—१२८ सिट
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान—७० सिट
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान—७४ सिट
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान—३१ सिट
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान—९ सिट
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान—८ सिट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान—४ सिट
आयुर्वेद क्याम्पस त्रिवि÷आईओएम—२ सिट
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान—१ सिट
महाराजगन्ज नर्सिङ क्याम्पस—४० सिट
पोखरा नर्सिङ क्याम्पस—१२ सिट
ललितपुर नर्सिङ क्याम्पस —३२ सिट
हिमालय आई इन्स्टिच्युट—१ सिट
स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेज—३० सिट
सेन्ट्रल डिपार्टमेन्ट अफ पब्लिक हेल्थ—३० सिट

सिट बाँडफाँडको पूर्ण विवरण हेर्नहोस्


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ