२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय समिति घोषणा

केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय समिति घोषणा


काठमाडौं—नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय समितिको अध्यक्षमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कर्मचारी प्रदीप केसी निर्विरोध भएका छन् । गत शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अधिवेशन उद्घाटन गरेका थिए ।

सर्वसम्मत नेतृत्व चयनका लागि दुई दिनसम्मको कसरतबाट सर्वसम्मतिमा कार्यसमिति र प्रतिनिधी चयन गरेको हो । अधिवेशनको बन्दसत्रले कार्यसमिति र प्रतिनिधी छान्ने जिम्मेवारी युनियनका केन्द्रीय उपाध्यक्ष निर्मला शर्मा, उपमहासचिव इन्दु शर्मा, पुर्व उपमहासचिव विश्वबन्धु रेग्मीलाई दिएको थियो । निर्वाचन आयोगले अधिकार प्रत्यायोजित भएका व्यक्तिहरुको निर्णय बमोजिम कार्यसमिति घोषणा गरेको हो ।

घोषणा भएको समितिको खुल्ला उपाध्यक्ष खाली राखिएको छ भने महिला उपाध्यक्षमा सावित्री भट्ट, समावेसीमा डा. लालबाबु शाह, सचिव खुलामा रुपा राना, युवामा पासाङ बिसी रहेका छन् । अधिवेशनले ५ जना खुला सदस्य र २ जना श्रेणीविहिन कर्मचारीलाई कार्यसमिति सदस्य घोषणा भएको छ ।

अध्यक्षका आकांक्षीहरु धिरज रौनियार, ललनप्रसाद शाह, रामचन्द्र खड्का थिए । तर, स्वास्थ्यमन्त्री पौडेलको सचिवालयमा रहेका युनियनका पूर्व उपमहासचिव रेग्मीले आफू अनुकूलका केसीलाई बनाउन जोडबल गरेपछि तीन दिन लम्बिएर समिति घोषणा भएको थियो । आकांक्षी डा. शाहलाई समावेसी उपाध्यक्षमा ल्याइयो भने अरुलाई केन्द्रीय प्रतिनिधी बनाइएको छ । केन्द्रीय प्रतिनिधीमा रेग्मी आफूसँगै तेजबहादुर लामिछाने, शंकर पाण्डे, दीपेन्द्र सुनार, पवित्रा ढकाललगायतको नाम घोषणा भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ