२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा

नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा

सुरु गर्ने चिकित्सकलाई सम्मान


काठमाडौं—नेपालमा सानो प्वाल पारेर मिर्गौलाको पत्थरीलगायतको शल्यक्रिया गर्ने पद्धति मिनी परक्युटेनियस नेफ्रोलिथोटोमी (पीसीएनएल) प्रविधी भित्रिएको २० वर्ष पुगेको छ । २० वर्षअघि चिनियाँ प्रा.डा. जुवा ज्यीङ्गले धुलिखेल अस्पतालबाट सुरु गरेको सो प्रविधीबाट नेपालमा हजारौंले उपचार पाइसकेका छन् ।

नेपालमा सो प्रविधी भित्रिएको २० वर्ष पुगेको अवसरमा नेपाल आएका डा. ज्यीङ्गले तीन दिनमा ३२ जनाको शल्यक्रिया गरेको बताए । ‘धुलिखेल अस्पतालमा सन् २००४ मा हामीले तीन दिनमा ३२ जनाको शल्यक्रिया गरेका थियौं,’ उनले भने, ‘यो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाइँ कम हुनुको साथै धेरै गाह्रो नपर्ने हुनाले चाँडै काममा फर्कन्छन् ।’

उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी मानिसलाई सो प्रविधीबाट सेवा प्रदान गरेको बताए । नेपालमा प्रविधी भित्रिएको २० वर्षको अवधिमा आफू २० पटकभन्दा बढी नेपाल आउने अवसर मिलेको उनको भनाइ थियो ।

प्रा.डा. ज्यीङ्गसँगै २० वर्षअघि नेपाल आएर क्यान्सरको शल्यक्रिया गरेका प्रा.डा. चि फन्जिनाले प्रविधीको विकासले शल्यक्रिया क्षेत्रमा सहज भएको बताए । खड्गी इन्स्टिच्युट कुपण्डोलले प्रोफेसरद्वयको सम्मानमा कार्यक्रम राखेको थियो ।

इन्स्टिच्युटका सञ्चालक समेत रहेका डा. संजय खड्गीले नेपालमा २० वर्षको अवधिमा आफूले मात्र १५ हजार बढीको यही प्रविधीमार्फत शल्यक्रिया गरेको जानकारी दिएका थिए । उनले चिनियाँ प्रा.डा. ज्यीङ्गकै सहयोगमा सो प्रविधीबाट शल्यक्रिया गर्न सिकेको भन्दैं धन्यवाद दिएका थिए ।

तीन वर्षअघि डा. सन्जयले ‘खड्गी इन्स्टिच्युट’ सुरु गरेका थिए । तीन वर्षको अवधिमा एक हजार ६०० बढीको शल्यक्रिया भएको र १५० बढी गरिब तथा विपन्नको भएको जानकारी उनले दिए । उनले पैसा नभएर उपचार हुन नसकेका बिरामीलाई आफूले सहयोग गर्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ