बेल के हो ?
बेलको नामबाट अपरिचित शायदै कम हुनु पर्दछ । यो समुद्री सतहदेखि चार हजार फिटको उचाई सम्म पाइन्छ । यसकोे बैज्ञानिक नाम Aegle Mermelos Corr हो । विल्व, श्रीफल, सदाफल आदि नामबाट पनि बेललाई पुकारिन्छ । अंग्रेजिमा वेङ्गल क्वीन्स एवं उड एप्पल भनिन्छ ।
बेलको २५ देखि ३० फिट अग्लो का“ढादार रूख हुन्छ । यसको पातलाइ बेलपत्र भनिन्छ । तीनपातयुक्त, फूलको र¨ हरियो सेतो रंगको (झुप्पा) आकारको हुन्छ । फूल फुलेदेखि फल पाक्न झण्डै एक वर्षको अवधि लाग्दछ । फल हरियो, सेतो, बासनादार, गोलाकार या अण्डाकार आकार हुनाका साथै पाकेको फलको बाहिरी भाग निकै कडा हुन्छ ।
नेपाली समाजमा धार्मिक दिष्ट्रिकोणले निकै महत्वपूर्ण मानिन्छ । श्रावण महिना भरिमा महादेवलाई बेलपत्र चढाउने देखि लिएर दशैमा प्रयोग गरिने फुलपातिमा पनि यसको ठूलो महत्व छ ।
नेवारी समुदायमा त स–साना नानीहरूलाई महिनावारी हुनुभन्दा अगाडि बेलको फललाई नारायणको प्रतिक मानी विवाह गर्ने चलन छ ।
औषधि उपचारको दृष्टिकोणले विभिन्न रोगहरू विशेषगरी झाडापखाला, निन्द्रा लगाउन, पाचनशक्ति बढाउन एवं कब्जियत आदिमा बेलको विभिन्न रूपमा प्रयोग गर्ने चलन छ ।
कसरी प्रयोग गर्ने ?
(क) पातको रस ः रूघा, खोकी, दम शरीर सुन्निएको र ज्वरमा उपयोगी छ ।
(ख) जराको बोक्रा ः पाचन शक्तिको वृद्धि गर्न, झाडापखाला, आउ“मासी, जीर्ण पखाला साथै पेट दुखाइमा
समेत लाभदायक छ ।
पाकेको फलको गुदीको सेवन गर्दा पौष्टिकता प्राप्त हुनाका साथै दिसा कडा हुने समस्यामा समेत फाइदा गर्दछ ।
काचो फलको गुदी आगोमा पकाएर पुरानो शखर वा महस“ग खानाले दिसाको साथमा रगत आउने, रगतमासी एवं अर्शमा समेत हितकर हुन्छ । यसको अतिरिक्त प्रयोगले महिलाको पाठेघरको सुजन, योनीबाट सेतो पानी बग्ने जस्ता समस्यामा निकै उपयोगी मानिन्छ ।
कति मात्रा प्रयोग गर्ने ?
पाउडर (चूर्ण) ३–६ ग्राम
रस १०–२० मि.लि.