२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार

कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार


काठमाडौं—कान्ति बाल अस्पतालमा एक वर्षमा २ लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् । सोमबार कान्तिका ६३ औं वार्षिकोत्सव अवसरका निर्देशक डा. पंकज रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए ।

अस्पतालमा ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिएका छन् । यसैगरी, भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना, हस्पिटल डेज ७२ हजार ८९ जनाले सेवा लिएका छन् ।

अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ । यस्तै, १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले डाइग्नोष्टिक सेवाअन्तर्गत ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्सरे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ इइजी सेवा लिएका छन् ।

अस्पतालले आर्थिक वर्षभरमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको डा. रायले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ