२०८१ फागुन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखानाको अनुगमन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । बुधबार मन्त्री पौडेलले वैद्यखानाको अनुगमन गरेका हुन् ।

उनले वैद्यखाना सुधारका लागि विशेष चासो राख्दैं आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन् ।

मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आम रुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए । पर्याप्त औषधि उत्पादन नभएको गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे ।

‘बजारमा जति औषधी उत्पादन भएपनि वैद्यखनाको औषधि बिक्री हुने रहेछ,’ उनले भने, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’

कर्मचारीहरुले स्रोतको अभाव भएको गुनासो सुनाएपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे । ‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’ मन्त्री पौडेलले भने, ‘तर, उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।’

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालो सूचीमा राखेर नयाँ विकल्प खोज्न भने ।

‘प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ,’ मन्त्री पौडेलले भने, ‘बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ।’

उनले तीन दिनभित्र समस्या नभई समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भने, ‘उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ