२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह

नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह

नेपाल नर्सिङ संघ निर्वाचन


काठमाडौं—नेपाल नर्सिङ संघको २० औं कार्यसमितिका निर्वाचन नजिकिएसँगै नर्सहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

बुधबार संयुक्त प्रगतिशील समूहले राजधानीमा पत्रकार भेटघाट गर्दै आफूहरुको उम्मेदवारी नर्सहरुको कामअनुसारको पारिश्रमिक सुनिश्चितताका लागि भएको जनाएको छ । प्रा.डा. चन्द्रकला शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहले विभिन्न ७ वटा एजेण्डाहरु अघि सार्दै आफूहरुलाई विजय गराउन आग्रह गरेको छ ।

प्रा. शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहले नर्सिङ क्षेत्रका समाधान हुन नसकेका समस्या सम्बोधन गर्न, पेशागत हकहित अधिकार र मर्यादालाई व्यवस्थित गर्न, नर्सिङ क्षेत्रका नयाँ अवसरहरु पहिचान गर्न आफूहरुको उम्मेदवारी रहेको जनाएको छ ।

यसैगरी, नर्सहरुको वृत्ति विकास सुनिश्चित गर्न, श्रमको उचित सम्मान गर्न, कामअनुसारको पारिश्रमिक सुनिश्चितता गर्न, सिंगो नर्सिङ पेशालाई सम्मानित सेवा क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धताका साथ आफूहरु चुनावमा होमिएको संयुक्त प्रगतिशील समूहले आफ्नो एजेण्डामा उल्लेख गरेको छ ।

संयुक्त प्रगतिशील प्यानलबाट अध्यक्षमा प्रा.डा. चन्द्रकला शर्मा, वरिष्ठ उपाध्यक्ष प्रा. रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवका कुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी अधिकारी उम्मेदवार छन् । यसैगरी, सदस्यहरुमा खुलातर्फ मेनुका पोख्रेल, जनजातितर्फ हरिप्रसाद कोजु, आदिवासीतर्फ कला बस्याल गुरुङ, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशीतर्फ पासपति जयसवाल, मुस्लिमतर्फ सबेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा उम्मेदवार छन् । यस्तै, नेपाल नर्सिङ परिषद् सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी उम्मेदवार रहेका छन् ।

नर्सिङ संघको २० औं कार्यसमितिका लागि २८ मंसिरमा निर्वाचत हुँदैंछ । वि.सं. २०१८ सालमा स्थापना भएको नर्सिङ संघको २० औं कार्यसमितिका लागि संयुक्त प्रगतिशील र लोकतान्त्रिक समूह चुनावी मैदानमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ