२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया

त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया


काठमाडौं—त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेष्ट सम्बन्धी शल्यक्रिया भएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले राष्ट्रपतिको प्रोस्टेट सम्बन्धी शल्यक्रिया गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले आधुनिक प्रविधीबाट राष्ट्रपतिको प्रोस्टेट सम्बन्धी शल्यक्रिया भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

राष्ट्रपतिलाई प्रोस्टेट सम्बन्धी शल्यक्रियाका लागि बुधबार विहान अस्पताल भर्ना गरिएको थियो । डा. गुरुङकाअनुसार अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ