२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्‍यो मुद्धा

अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्‍यो मुद्धा


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेब रमेश बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको आरोपमा मुद्धा दायर गरेको छ ।

शुक्रबार अख्तियारले बोहराले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिईटीभिटी)बाट कम्युनिटी मेडिसिनको नक्कली प्रमाणपत्र पेश गरेको भन्दैं विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

उनले ११ भदौं २०७७ मा उक्त प्रमाणपत्र पेश गरी जागिर खाएका थिए । अख्तियारले दायर गरेको मुद्धामा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारवाहीको माग गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ