सैफई मेडिकल युनिभर्सिटीका पाँच डाक्टरको सड्क दुर्घटनामा मृत्यु भएको छ । बुधबार लखनउबाट आँगरा गइरहेको बेला भएको स्कारपियो दुर्घटना हुँदा पाँच जना चिकित्सकको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् ।
यो दुर्घटना लखनउ—आगरा एक्सप्रेस-वेमा भएको थियो । सबै चिकित्सकहरु स्कारपियोमा लखनउबाट आगरा गइरहेका बेला उनीहरुको गाडी डिभाइडरमा ठोक्किएर दोस्रो लेनमा पुगको थियो ।
दोस्रो लेनमा पुगेको स्कारपियोमा गुडिरहेको ट्रकसँग ठक्कर खाएको थियो । यो दुर्घटना बुधबार करिब तीन बजे भएको थियो ।
संचारमाध्यमहरुकाअनुसार बुधबार विहान करिब तीन जबे आगरा—लखनउ एक्सप्रेस—वेको कन्नौज तिर्वा इलाकामा उक्त भीषण दुर्घटना भएको थियो । युपी८० एचबी०७०३ नम्बरको तेज गतिको स्कारपियो कार डिभाइडरमा ठक्कर खाएपछि अर्को लेनमा पुगेको थियो, जहाँ अगाडिबाट आइरहेको आरजे०९ सिडी३४५५ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो ।
मृतकहरुको सैफर्ड मेडिकल युनिभर्सिटीमा पिजी गरिरहेका चिकित्सकहरु रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उक्त दुर्घटनामा परेका एक जना पिजी गरिरहेका चिकित्सक गम्भीर घाइते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ । उक्त कारमा
सवार चिकित्सकहरु लखनऊको एक वैवाहिक समारोहमा सहभागी भएर फर्किएका थिए ।
-एजेन्सीको सहयोगमा