२०८१ मंसीर ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग

सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग


काठमाडौं—सरकारी चिकित्सक संघ नेपाल (गोदान) सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेका छन् । मंगलबार गोदान सुदूरपश्चिमका पदाधिकारीहरुसहितका सरकारी चिकित्सकहरुले मुख्यमन्त्री शाहलाई भेटेर पाँच बुँदे माग बुझाएका छन् ।

गोदान सुदूरपश्चिमका चिकित्सक पदाधिकारीहरुले मुख्यमन्त्री शाहसँगै सामाजिक विकासमन्त्री मेघराज खड्का र सरोकारवालाई भेटेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश निजामती सेवा नियमावलीमा सुधारको माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

गोदान सुदूपश्चिमले प्रादेशिक र उपप्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा स्वास्थ्य सेवा/चिकित्सक समूहका कुनै पनि चिकित्सकलाई जेष्ठताका आधारमा खुला गरिनुपर्ने, प्रदेशमा समायोजन भएर अवधि पूरा गरेका ९/१० औं तहका चिकित्सकको वृत्ति विकास गरी जेष्ठताका आधारमा बढुवा गर्नुपर्ने, प्रादेशिक अस्पतालहरुको संगठन संरचना यथाशीघ्र कार्यन्वयनमा ल्याउनुपर्नेमा गरेको छ ।

यस्तै, चिकित्सकहरुको आठौं तह मेडिकल अधिकृत र नवौं तह विशेषज्ञ चिकित्सक पदहरुको यथाशीघ्र विज्ञापन खोल्नुपर्ने र कर्मचारी बढुवाको समयसीमा अन्य प्रदेशमा तीन वर्ष राखिएको र सुदूरपश्चिममा पाँच वर्ष बनाइएकोले त्यसलाई सुधार गर्न समेत माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा गोदान सुदूरपश्चिमका अध्यक्ष डा. खगेन्द्रराज भट्टसहितका चिकित्सक रहेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ