आर्थिक अभावले डेढ वर्षीय बालकको उपचारमा समस्या

सुर्खेत -आर्थिक अभावले सुर्खेतमा एक बालकको उपचारमा समस्या भएको छ । दैलेखको ठाटिकाँध गाउँपालिका–३ बिशाल घर भई हाल वीरेन्द्रनगर–४, काला गाउँ बस्ने हृदेशकुमार शाहीका डेढ वर्षीया छोरा नेशन शाहीको मिर्गौलामा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको हो ।
जन्मेको १५ दिनदेखि पोष्टेटको बिरामीले थलिएका बालकको अहिले मिर्गौलामा समस्या आएपछि उपचारमा समस्या भएको हो । उनका ठूलोबुवा नरेन्द्र शाहीका अनुसार पोष्टेटकै कारण नेशनको एउटा मृर्गौला ड्यामेज भइसकेको छ भने अर्कोमा सुन्निने समस्या देखा परेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका बालकलाई अस्पतालले भारतको नयाँ दिल्ली लैजान सुझाएको तर, आर्थिक अभावका कारण लैजान नसकिएको शाहीले बताए । डाक्टरले उनको थप उपचारका लागि तीनदेखि चार लाख भारु लाग्ने भनेपछि समस्या भएको शाहीले बताए ।
पोष्टेटको उपचार गर्न भारतको लखनउदेखि काठमाण्डौं पु¥याएर २० लाखभन्दा बढी खर्च गरेर निको भएपनि अहिले मिर्गौलामा आएको समस्याको उपचार गर्न सकस भएको भन्दै परिवारले दाता गुहारेका छन् ।
आर्थिक अवस्था कमजोर रहेका बालकका बुवा हृदेश दुई वर्षदेखि घरखेत बचेर छोराको उपचार सम्भव नभएपछि अहिले मानसिक समस्यामा परेर भारतमा सम्पर्कविहीन रहेको परिवार स्रोतको भनाई छ ।
बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका ठुलो बुवा नरेन्द्र शाहीको मोवाइल नम्बर ९८४३६५८०५५ मा सम्पर्क गर्न सकिने छ ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ७ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
तपाईको प्रतिक्रिया दिनुहोस