२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड

स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड


स्वास्थ्य पत्रकार आचार्यलाई ग्लोबल मिडिया अवार्ड काठमाडौं एन्टीमाइक्रोबियल रेसिस्टेन्स एएमआर सम्बन्धी संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठक यूएनजीए हाइ लेबल मिटिङ सम्बन्धी उत्कृष्ट रिपोर्टिङ गरेवापत स्वास्थ्य पत्रकार मञ्चकी पूर्व अध्यक्ष तथा हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्यलाई अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी साउथ इस्ट एसियाबाट नेपालका धन बहादुर खड्काले तेस्रो पुरस्कार पाएका छन् । नेपाल लाइभ तथा स्वास्थ्य खबरमा आवद्ध खड्काले एएमआर सम्बन्धी लगातार रिपोर्टिङ गरे वापत उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

बिहिबार ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौंथो ग्लोबल मिडिया फोरममा आचार्य र खड्कालाई लाई उक्त अवार्ड प्रदान गरिएको हो । एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी रिपोर्टिङ गर्ने ४३ देशका ४१३ जना पत्रकारहरुले उक्त अवार्डका लागि आवेदन दिएका थिए ।

ग्लोबल एएमआर मिडिया अलायन्सले पहिलोपटक यो वर्षदेखि एएमआर अवार्ड प्रदान गर्न थालेको हो । त्यसका लागि विश्वभरबाट आवेदन आह्वान गरिएको थियो । गत १५ मे २०२४ देखि २२ अक्टोबर २०२४ सम्म प्रकाशित भएका समाचार फिचर, भिडियो स्टोरीलाई अवार्डका लागि छनौट गरिएको थियो ।

६ वटा डब्लुएचओ रिजन साउथ इस्ट एशिया, अफ्रिकन, इस्टर्न मेरिडियन, प्यान अमेरिकन, वेस्टर्न प्यासिफिक, यूरोपियन रिजनबाट ३ जनालाई पहिलो, दोस्रो र तेस्रो अवार्ड प्रदान गरिएको थियो । यसैगरी ग्लोबल क्याटेगोरी ३ जना र यस वर्षको यूएनजीए हाइ लेबल मिटिङ मा स्पेशल रिपोर्टिङका एउटा विशेष अवार्ड प्रदान गरिएको हो । सो अवार्ड विश्वव्यापी रुपमा एक जनालाई मात्र दिइएकोमा नेपालबाट आचार्य छानिएकी हुन् ।

आचार्यले यूएनजीए एचएलएम अन एएमआर बैठकका महत्वपूर्ण विषयमा ७ वटा समाचार, विश्लेषण तयार पारेकी थिइन । आचार्यले आफूले अवार्डका लागि काम गरेको नभए पनि यसप्रकारको अन्तराष्ट्रिय अवार्ड र पहिचानले आफूलाई यस क्षेत्रमा काम गर्न अझ बढी प्रेरणा मिलेको बताइन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ