२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन

डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन


धनगढी—सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले स्नातक कार्यक्रमको भर्ना आह्वान गरेको छ । चिकित्सा शिक्षा आयोगले भदौमै सिट निर्धारण गरेकोमा अहिले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि भर्ना खोलेको हो ।

‘चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फको पहिलो चरणमा म्याचिङ भई आएका विद्यार्थीका लागि भर्ना सम्बन्धि सूचना जारी गरेको थियो,’ सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले भने, ‘सोहीअनुसार डडेल्धुरामा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई भर्ना गर्नका लागि स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले सूचना जारी गरेको छ ।’

उनकाअनुसार बिएस्सी नर्सिङका लागि २० तथा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थको लागि १०/१० जनाको सिट आयोगले निर्धारण गरेको थियो । कार्तिक १४ गतेसम्म भर्नाको अवधि तोकिएको छ ।

चिकित्सा शिक्षा आयोगले सिट निर्धारणको क्रममा सुदूरपश्चिम विश्वविद्यालयलाई अर्थ मन्त्रालयको सहमतिको प्रक्रियामा रहेको र सिट निर्धारण भएका संकायहरुको विद्यार्थीको दायित्व विश्वविद्यालयले लिने गरेर भर्ना प्रक्रिया अगाडि बढाइएको डिन जोशीको भनाइ छ ।

स्नातक तहका पठापाठनको लागि केही प्राध्यापक उपलब्ध रहेको बाँकी सिटमा केही समयपछि आवेदन खोल्ने र कुनै विषय विज्ञ प्राध्यापक उपलब्ध नभएमा कोर्स कन्टेक्टमा ल्याइने उनले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ