गृहपृष्ठ ∕ समाचार ∕ कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई हेल्थ आवाज बिहीबार, २०८१ कात्तिक ८ गते, १८:२३ मा प्रकाशित विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ । गत असार तेस्रो साता कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय र दुई राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरे । एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन । कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए । डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि कांग्रेसलाई नै जिम्मा दिएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए । दलले मन्त्री पठाएपछि मन्त्रालय जिम्मा लगाउने उनले बताए । यता कोइराला समूहले भने दुई वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने बताएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कान्तिमा एक वर्षमा १ लाख १६ हजार बढी बिरामीले लिए ओपीडी सेवा प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कान्तिमा एक वर्षमा १ लाख १६ हजार बढी बिरामीले लिए ओपीडी सेवा प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म