२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको १०० दिनको प्रगतिः समायोजनको अलमल हटाउनेदेखि उपकरणको अभिलेखीकरणसम्म

स्वास्थ्यमन्त्रीको १०० दिनको प्रगतिः समायोजनको अलमल हटाउनेदेखि उपकरणको अभिलेखीकरणसम्म


काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेको १०० दिनका कामको फेरिहस्ते सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा १६ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेले समायोजनको अलमल हटाउनेदेखि उपकरणको अभिलेखीकरणसम्मका कुराहरु प्रगतिका रुपमा उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले पहिलो पटक विषयगत समितिको बैठक राखेको, समायोजनमा रहेको अलमल हटाएको पहिलो प्रगतिका बुँदामा उल्लेख गरेका छन् । यसैगरी, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास दोस्रो प्रगतिका रुपमा उल्लेख गरिएको छ ।

मन्त्री पौडेलको प्रगति विवरणमा आगामी पुस्ता निरोगी पुस्ताको लक्ष्यमा विभिन्न कामहरु गरिएको उल्लेख छ । यसैगरी, उपचारात्मक सेवा विस्तार र विकासमा विभिन्न कामहरु भएको देखाइएको छ ।

चिकित्सा शिक्षाको खुडकिलोका रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गरिएको, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा चिकित्सा विज्ञान, नर्सिङ र एलाइड साइन्सतर्फ ४०० सिटको पिजी फ्याकल्टी थपिएको, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र रेलन ट्रान्सप्लान्ट मेडिसिन र सर्जरीमा फेलोसीप कार्यक्रम सुरु गरिएको उल्लेख छ ।
मन्त्री पौडेलले १६ बुँदे प्रगति विरणमा अन्य विविध कामहरुका विषयमा पनि उल्लेख गरेका छन् ।

मन्त्रीको पौडेलको १६ बुँदे प्रगति विवरण


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ