२०८१ कात्तिक ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय


काठमाडौं—अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । २ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलन पीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो ।

‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्देन,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएपछि मन्त्री पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौं ।’

अब कीर्तिपुर अस्पताल तथा वीर अस्पतालको जलन वार्डसँगै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल वीरगञ्जमा समेत जलनमा परेका व्यक्तिको निःशुल्क उपचार हुनेछ ।

यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा लुम्बिनीमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमासमेत जलन पीडितको निःशुल्क उपचार हुनेछ ।

देशमा हरेक वर्ष ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ